अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

नेपालमा थप ५० जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ असार १७ गते ७:५१ मा प्रकाशित

नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।२ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त हुँदा १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू