अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

बिआरटीनेपाल २०७९ असार १७ गते ७:४५ मा प्रकाशित

नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो ।एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त मिति प्रस्ताव गरेका हुन् ।

साफ महासचिव हेलालले प्रस्तावित मितिमा सकारात्मक रहेको एन्फाले जनाएको छ । एन्फाले शनिबार हुने साफको कंग्रेसमा महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव पेश गर्ने छ । साफको कांग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुने छ । साफको कंग्रेसमा नेपालबाट महासचिव राईसहित, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठ सहभागी छन् ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू