अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

पाकिस्तान फुटबललाई फिफाको फुकुवा

बिआरटीनेपाल २०७९ असार १७ गते ७:४३ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ ।फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

फिफाले हारुन मलिकको संयोजकत्वमा सामान्यीकरण समिति गठन गरेको थियो । त्यही कमिटीले गत वर्षदेखि निलम्बन फुकुवाका लागि काम गरिराखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू