अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

नेपालले आज क्यानाडाको स्थानीय क्लबसँग खेल्दै

बिआरटीनेपाल २०७९ असार १७ गते ७:३७ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानाडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ ।घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानाडामा रहेको नेपालले शुक्रबार ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ ।

खेल नेपाली समयअनुसार राति पौने नौ बजे सुरु हुनेछ ।यसपछि नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानाडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया