अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा

बिआरटीनेपाल २०७९ असार १७ गते ७:३५ मा प्रकाशित

चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ ।९९ वर्षसम्म बेलायतले लिजमा लिएको हङकङलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हाे । रजत महोत्सवलाई हङकङमा आज (शुक्रबार) भब्य रुपमा मनाईने भएकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिजै द्रुत गतिको रेलबाट हङकङ आइसक्नु भएको छ भने चीनले रजत महोत्सवलाई निकै महत्व दिएको छ ।

राष्ट्रपति सीको कार्यक्रमको विस्तृत विवरण नदिइएपनि उहाँले सार्वजनिक सम्बोधन गर्नसक्ने अनुमान गरिएको छ । हङकङ बढ्दो चिनियाँ पकड र स्वतन्त्रता कुण्ठित गरेको भन्दै केही विरोधका स्वरहरू सुनिएपनि उनीहरूलाई सडकमा उत्रिन दिइएको छैन् । शुक्रबार साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम राखिएको छ ।

बेलायतबाट हङकङ चीनलाई फिर्ता गर्ने क्रममा विशेष कानूनबाट शासन सञ्चालन गर्ने र लोकतान्त्रिक अधिकारहरू सुनिश्चित रहने सहमति भएकाे थियाे । त्यसयता चीनले विस्तारै आफ्नो पकड कसिलो बनाउँदै आफ्नै शैलीको शासन व्यवस्था लाद्न खोजेको आरोप चीनमाथि लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू