अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

‘एक देश, दुई प्रणाली’ को शासन व्यवस्था हङकङको सुरक्षामा सफल भयो : चिनियाँ राष्ट्रपति

बिआरटीनेपाल २०७९ असार १७ गते ७:२७ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिन फिङले ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्नेमा सीले जोड दिनुभयो। एक देश, दुई प्रणालीको समय समयमा परीक्षा लिइएको र यो सफल रहेको पुष्टि भएको सी राष्ट्रपतिले बताउनुभयो।

यस्तो राम्रो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने कुनै कारण नभएको उहाँको तर्क छ । विश्वको कुनै पनि देशले आफ्नो राजनीतिक शक्तिलाई हल्लाउन नसक्ने भन्दै सबै नागरिक देशप्रति वफादार हुनुपर्नेमा सीको जोड छ ।

बेलायतले हङकङ सहर चीनलाई फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सवको अवसरमा चिनिया राष्ट्रपति सीले हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गर्नुभएको हो । राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा निस्कनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू