अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

बिआरटीनेपाल २०७९ असार १६ गते ८:४२ मा प्रकाशित

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ ।बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको हो । सामाजिक सञ्जालबाट उहाँले मुख्यमन्त्री पद त्यागेको घोषणा गर्नुभएको छ । साथै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताउनुभएको छ ।

ठाकरे भारतको शिवसेनाका प्रमुख हुनुहुन्छ । बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाउनु भएको छ । ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू