अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक- युक्रेनका राष्ट्रपति जेलेन्स्की

बिआरटीनेपाल २०७९ असार १६ गते ८:४२ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ ।स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराउनुभएको छ ।

जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिनुभएको छ । उहाँले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गर्नुभएको थियो । नेटो प्रमुख येन्स स्टोल्टनवर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू