अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै हुन्छ– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ असार १६ गते ८:१७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको उल्लेख गर्दै उहाँले यसै वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार रहेको भन्दै मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान समेत गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा समेत राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू