अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलिया जाने

बिआरटीनेपाल २०७९ असार १५ गते ७:४६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो ।

सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ । नेपाली टोली हाल क्यानडा भ्रमणमा रहेको छ । नेपाली टिमले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने छ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुने छ ।

नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्ने छ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्ने छ ।

प्रतिक्रिया