अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

सहमति कार्यान्वयनको माग गर्दै जनतान्त्रिक मुक्ति मोर्चाले बुझायो गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

बिआरटीनेपाल २०७९ असार १५ गते ७:४३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणलाई डा.मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णयक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।गृह मन्त्रालयमा अपराह्न बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८/०९र२६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यानवयन गर्न माग गरिएको छ।

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ।ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू