अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

अनावश्यक ढंगले प्लटिङ गर्दा अन्न उत्पादन घट्यो : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ असार १५ गते ७:०१ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ ।बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको बताउनुभयो । सहकारीका माध्यम अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।अध्यक्ष ओलीले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरू बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताउनुभयो । उहाँले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद् भएको बताउनुभयो । लापरवाही र असावधानीका कारण यी गल्तीहरू भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले असावधानी र लापरवाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीतर्फ बढाएर व्यवसायीकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू