अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

अनलाइन जुवा खेल्ने १२ जना पक्राउ

बिआरटीनेपाल २०७९ असार १४ गते ७:५९ मा प्रकाशित

हेटौँडा उपमहानगरपालिकामा अनलाइन जुवा खेल्ने १२ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्ट्रिङ अप्रेशन गरेर आज मङ्गलवार पक्राउ गरेको हो ।हेटौँडा ४ कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिइ कुलदीप पाठकले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउँदै गर्दा उनीसहित अन्य ११ जना पक्राउ परेका हुन् ।

प्रहरीले पाठकसँगै हेटौँडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौँडा ४ कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौँडा १४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौँडा १२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी ४ मसिनेका २० वर्षीय जोसिल खत्रीलाई पक्राउ गरेको हो । यस्त गोरखा पालुङटार ७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्कालाई पनि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका एक सय १० थान मोबाइल, तीन थान ल्याप्टप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकामाथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसरी मकवानपुर प्रहरीलाई अनलाइनमार्फत हार–जित हुने गरी जुवा खेल्ने गिरोह नै पक्राउ गरेको पछिल्लो केही वर्षयताकै ठूलो सफलता हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू