अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको एकीकृत समाजवादीको निष्कर्ष

बिआरटीनेपाल २०७९ असार १४ गते ७:१८ मा प्रकाशित

सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको निष्कर्ष निकालेको छ । काठमाडौंमा मंगलवार सम्पन्न दुई दिने केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको उल्लेख छ। प्रतिवेदनमा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढ्दा राजनीतिक क्षेत्र अनिश्चययात्मक परिस्थितिबाट गुज्रिरहेको उल्लेख छ।

एकीकृत समाजवादीले मुलुकको आर्थिक  सूचकांकहरु नकारात्मक र निराशाजनक रहेको र अवस्था झनझन खस्किँदै गएको जनाएको छ ।

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विदेशी मुद्राको संचिति घट्दै गएको र सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्यून रहेको एकीकृत समाजवादीले जनाएको छ ।  महँगी आकाशिदा सर्वसाधारण जनता आक्रान्त भएको भन्दै एकीकृत समाजवादीले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू