अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

राष्ट्रिय क्रिकेट टिमको बिदाई

बिआरटीनेपाल २०७९ असार १३ गते ८:१० मा प्रकाशित

क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाई गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दिप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाई गर्नुभयो ।नेपाली टोलीले आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लवसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेल खेल्ने तालिका छ ।

घोषणा भएको टोलीमा नयाँ दुई अनुहार बाहेक अधिकांस अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् । टोलीमा पवन सर्राफले पुनरागमन गरेका छन् भने वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू