अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७९ असार १३ गते ८:०८ मा प्रकाशित

एसीसी महिला टि–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ।नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनलमा पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो । फाइनलमा पुग्ने दुई टोली महिला टि–२० एसिया कप क्रिकेटमा छनोट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू