अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

शेयर बजारको वृद्धि टिकेन, आज झन्डै २४ अङ्कले घट्यो, २ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ असार १३ गते ८:०१ मा प्रकाशित

हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू