अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने– मन्त्री खड्का

बिआरटीनेपाल २०७९ असार १३ गते ७:५७ मा प्रकाशित

परराष्ट्रमन्त्री नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।

सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताउँदै मन्त्री खड्काले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको दाबी गर्नुभयो । सरकारले अवलम्बन गरेको नीतिको फलस्वरुप अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको , छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदार लगायत सबै राष्ट्रहरूसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको उहाँको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू