अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

ओलीले राजनीतिक परिवर्तनलाई आत्मसात नगर्दा नेकपामा विवाद उत्पन्न भयो – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७९ असार १३ गते ७:५६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसातनगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएको बताउनुभएको छ । उहाँले तत्कालीन नेकपाभित्र विवाद कसले जन्माएको हो भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नुभयो । कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र त्यसको परिणाम कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको जिकिर गर्नुभयो ।

ओलीले जसलाई पनि १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्ने गरेको भन्दै उहाँले १९ पृष्ठको दस्तावेज कसले जन्मायो भनि प्रश्न गर्नुभयो । त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि रहेको प्रचण्डको जिकिर थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभयो । मन्त्री बन्न सबैको पालो पु¥याउनुपर्ने चरित्र समाजवादी नभएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै नेता पौडेलले ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? भन्दै प्रश्न गर्नुभयो । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कांग्रेस पनि वामपन्थीहरुसँगै समाजवादको यात्रामा जान्छ भने स्वागत गरिने बताउनुभयो । कांग्रेस कम्युनिस्ट दुबै मिलेमा समाजवादको यात्रामा सजिलै पुगिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू