अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

राजेश पायलको ‘खुसीका मुहान’मा नग्मा श्रेष्ठ (सार्वजनिक)

बिआरटीनेपाल २०७९ असार १२ गते १५:१३ मा प्रकाशित

काठमाडौँ – मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनीत बिलकुलै नयाँ म्युजिक भिडियो ‘खुसीका मुहान’ सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रहेका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले सङ्गीत भरेका हुन्। साहस शाक्यलको सङ्गीत संयोजन रहेको छ। सेण्टिमेण्टल भर्सनको गीतमा जातका कारण वैवाहिक जीवनमा बाँधिन नसकेका प्रेम जोडीहरूको कथा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्। विशाल थापाले छायाङ्कन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन्। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो। भिडियो सङ्गीतकार तुम्बापोको युट्युब च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’ मार्फत सार्वजनिक भएको हो। भिडियो मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

प्रतिक्रिया