अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै

बिआरटीनेपाल २०७९ असार १२ गते ८:११ मा प्रकाशित

विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आज आइतबारदेखि जर्मनीमा सुरू हुँदैछ ।चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु प्रत्यक्ष छलफलमा जुट्न लागेका हुन ।

रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ ।जर्मनीको बाभारियामा आयोजना हुने सम्मेलनमा सहभागी हुन अमेरिका, क्यानडा, बेलायत, जर्मनी, इटली, फ्रान्स र जापानका कार्यकारी प्रमुखहरु तथा पर्यवेक्षकका रुपमा युरोपेली युनियनका अध्यक्ष र भारतीय प्रधानमन्त्री जर्मनी पुगिसकेका छन् ।

तर, सम्मेलन सुरू नहुँदै हजारौं प्रदर्शनकारीहरु पनि सम्मेलन हुने शहरमा भेला भईसकेका छन् । करीब २० हजार प्रदर्शनकारीहरु सडक उत्रिने अनुमान गरिएको छ । बढ्दो महँगीलाई मूख्य नारा बनाएका प्रदर्शनकारीहरुले जी सेभेनमा आवद्ध देशहरुले विश्वलाई न्याय गर्न नसकेको आरोप लगाएका छन् । सम्मेलन स्थलमा १८ हजार प्रहरी पनि परिचालन गरिएको छ । सम्मेलन पर्सिसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू