अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

बिआरटीनेपाल २०७९ असार १२ गते ७:५९ मा प्रकाशित

रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ ।खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका लागि भएको युद्धले राजनीतिक स्वार्थलाई बढावा दिँदै गएपनि जनता हार्ने क्रम रोकिएको छैन् । मानवता निख्रिदै गएको दृश्यप्रति दुवै पक्ष गम्भीर बनेका छैनन् । बरु शक्ति राष्ट्रको गोटी बन्ने क्रम बढ्दा आफ्नै जनताप्रति निर्दयी हुने प्रतिस्पर्धा बढेको छ ।

बाहिर हेर्दा रुस र युक्रेनको युद्ध देखिएपनि यसले विश्वकै अर्थतन्त्रमा प्रभाव परेको छ । खानेतेल र इन्धनमा देखिएको मूल्यवृद्धिले आयातित अर्थतन्त्रमा टिकेका नेपाललगायत विश्वका थुप्रै देश प्रभावित भएका छन् । युद्ध कहिले पूर्णविराम लाग्छ भन्ने अनिश्चित छ । युद्धकाबीच युक्रेनका अधिकांश शहरहरु भग्नावशेषमा परिणत भइसकेका छन् । हजारौं निर्दोष नागरिकले ज्यान गुमाइसकेका छन् । अझ नागरिकलाई बन्दुक बोकाएर युद्धमा उक्साउने युक्रेन सरकारको रणनीतिले निर्दोष नागरिक मृत्यु अँगाल्न बाध्य छन् ।

आज भन्दा अढाई हजार वर्ष पहिलो लेखिएको ऐतिहासिक पुस्तक आर्ट अफ द वारमा चीनका दार्शनिक संजुले युद्धका लागि शत्रु तयार नभएको खण्डमा त्यसको लाभ उठाउनु नै युद्धकला हो भन्ने उल्लेख गरेका थिए । सोही भनाइ यो युद्धमा सार्थक बनेको छ । सन् २०२२ को २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा हमला गने औपचारकि घोषणा गरिरहदा रुसी वायुसेनाको एक टुकडीले युक्रेनमा आक्रमण गरिसकेको थियो । जसमा सुरुमा युक्रेनको सैनिक अखडा ध्वस्त बनाइसकेको थियो । राजधानी किभमा सयौंको संख्यामा हतियारधारी रुसी सेना प्रवेश गरिसकेका थिए । त्यतिनै बेला विश्वका कयौं राष्ट्रहरुले युक्रेनले केही घण्टामाा नै रुस समक्ष घुँडा टेक्ने अन्दाज लगाएका थिए ।

तर त्यसो भएन । युद्धको लाभाले देशलाई खरानी बनाउँदा पनि दम्भ सेलाएको छैन । युक्रेनबाट ८० लाखले देश छोडिसकेका छन् । कलाकारिताबाट राजनीतिमा उदाएका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की देशले बहुआयामिक क्षति व्यहोर्दा पनि हठ छोडेका छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जुनसुकै मूल्यमा पनि बन्दुक बिसाउने मूडमा देखिदैनन । युद्धअघि दुश्मनका बारेमा राम्रो जानकारी नलिएको खण्डमा युद्धले वर्षौंको समय लिन्छ भने झै आखिर त्यही सत्य सावित भएको छ । चार महिनाको अवधिमा युक्रेनको दावी अनुसार ३४ हजार रुसी सेनाको ज्यान गइसकेको छ ।

१५ सय रुसी ट्याँक, ७५६ आर्टिलरी सिस्टम, ९९ सय एन्टी एअरक्राफ्ट डिफेन्स सिस्टम, २१६ फाइटर जेट र १८३ हेलिकाेप्टर ध्वस्त भइसकेको छ । युक्रेनतर्फ दैनिक २ सय सैनिकको मृत्यु हुँदा हरेक महिना ६ हजार र हालसम्म २४ हजार युक्रेनी सेनाको ज्यान गइसकेको छ । आर्थिक नोक्सानीको हकमा युक्रेनले हालसम्म ६ खर्व खर्च गरिसकेको छ । यो युद्ध बिस्तारै अब लिथुआनिया प्रवेश गर्दै पोल्याण्डको सीमासम्म पुगेको छ ।

यो युद्ध जति लम्बिन्छ विश्वभर त्यतिनै मात्रामा इन्धनको मुल्यबृद्धि हुने निश्चित छ । यसअघि दोश्रो विश्वयुद्धमा पनि यहि हालत भएको थियो। जब जर्मन तानाशाह हिटलरको सेनाले छिमेकी मुलुक आक्रमण गर्दा साता, महिना हुँदै वर्षाैं हुँदै ६ वर्ष तन्कियो । आशा गरौं मानवता विरोधी यो युद्ध अब धेरै जाने छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू