अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

गठबन्धनले ३३ प्रतिशत महिलाको उम्मेदवारी हुन सकेन : सांसद शर्मा

बिआरटीनेपाल २०७९ असार १२ गते ७:५७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले गठबन्धन गरेर सरकार र निर्वाचन गर्दा संविधानमा व्यवस्था गरेको ३३ प्रतिशत महिलाको उम्मेदवारी सहभागिता हुन नसकेको बताउनुभएको हो ।

उहाँले गठबन्धन गरेर निर्वाचनमा जाँदा संविधानले व्यवस्था गरेको कानूनी अधिकार खोखिएको दाबी गर्नुभयो । शर्माले अब आगामी निर्वाचनमा उम्मेद्वारी दिँदा कानूनी बाध्यता बनाएर भएपनि संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्ने सरकारसँग माग गर्नुभयो ।सांसद शर्माले गठबन्धन र सहमति गर्नु राम्रो काम भएपनि अब संघ र प्रदेशको निर्वाचनमा महिला, दलित तथा उत्पीडित समुदायको अधिकारमा कटौती गर्न नहुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू