अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

एकीकृत समाजवादीका दुई मन्त्रीले दिए राजीनामा

बिआरटीनेपाल २०७९ असार १२ गते ७:५४ मा प्रकाशित

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् ।मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् ।पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उहाँले यो अवधिमा पार्टीका नेताको दवाबका कारण नियुक्तीमा केही नराम्रा मान्छेलाई पनि नियुक्ती दिनु परेको बाध्यता बताउनुभयो ।

शहरी विकास मन्त्री झाँक्रीले पनि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म गरेका कामको विवरणसहित राजीनामा दिनुभएको हो । समाजवादीका अन्य मन्त्रीले पनि पार्टी अध्यक्ष माधव नेपाललाई राजीनामा बुझाएको बताएका छन् ।योसँगै मन्त्री परिषद् हेरफेरको तयारी भएको छ । समाजवादीले यसअघि टुंगो लगाएका व्यक्तिहरुलाई नै मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । पार्टीले दिएको नाम प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्नुभएको छ ।

एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरिसकको छ । अब राज्यमन्त्री रहको भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइने भएको छ । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई बनाउने नेकपा एसले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू