अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

लोकसेवा विधेयक पारित

बिआरटीनेपाल २०७९ असार १२ गते ७:४९ मा प्रकाशित

संघीय संसदले लोकसेवा आयोग सम्बन्धी विधेयक पारित गरेको छ ।२०७६ भदौं २५ गते प्रतिनिधिसभामा पेश भएको यो विधेयक २०७७ असार ९ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रियसभाले २०७८ भदौ २८ मा पारित गरेको थियो ।

आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो ।प्रतिनिधिसभामा पेश भएको विधेयकलाई पारित गरेर पठाएको भएपनि राष्ट्रियसभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले फेरि स्वीकार गर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार आइतबार प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाले गरेको संशोधन स्वीकार गरेको हो ।

योसँगै लोकसेवा आयोग सम्बन्धी विधेयक संघीय संसदको दुबै सदनबाट पारित भई संसद भित्रको कानून निर्माणको प्रक्रिया पूरा भएको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयन आउँछ ।

लोकसेवा आयोगसम्बन्धी विधेयक संघीयतासँग समेत जोडिएको विधेयक हो । यो विधेयक लागू भएपछि प्रादेशिक आयोगले संवैधानिक रुपमा प्राप्त अधिकार प्रयोग गर्न पाउनेछन् । प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने लगायतका अधिकार प्रदेश लोक सेवा आयोगले राख्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू