अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौं : झलनाथ खनाल

बिआरटीनेपाल २०७९ असार १२ गते ७:४७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आइतबार नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताउनुभएको छ ।आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै खनालले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिनुभयो । नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयोभने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ । पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रिय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारवाही गर्छ ।’ फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू