अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : दुर्गा पौडेल

बिआरटीनेपाल २०७९ असार १२ गते ७:४४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ । संसद बैठकमा बोल्दै उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमै मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । त्यसको निम्ति ऐन नै बनाएर जानुपर्ने आवश्यकता देखिन्छ । सर्वोच्चले निर्देशनात्मक आदेश दिएको तर आदेश कार्यान्वयन अहिले सम्म कार्यान्वयन भएको छैन । आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ । प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उहाँले संसदमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू