अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

अब आउने निर्वाचनमा कांग्रेसको चलाखी चल्दैन : माओवादी नेता वर्षमान पुन

बिआरटीनेपाल २०७९ असार ११ गते ९:३७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गर्नुभएको छ ।सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा एक्लै लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गर्नुभयो ।

‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाममा चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा एक्लै लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन,’ पुनले भन्नुभयो । नेता पुनले कांग्रेसको चलाखीका बावजुद अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गर्नुभयो। अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मनजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उहा्ँले चेतावनी दिनुभयो।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी छ,’ उहाँले भन्न्ुभयो,‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन।’ बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भएपनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वच्छाचारी ओली प्रवृत्तिका कारण बामगठबन्धनको अहिले सम्भावना नभएको पुनको भनाई थियो । स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आएपनि माओवादी केन्द्र भरोसा योग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू