अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

सत्ता गठबन्धन बैठकको निष्कर्ष : इन्धनसँगै अरु वस्तुको भाउ पनि तत्कालै घट्नुपर्छ, कडा अनुगमन जरुरी

बिआरटीनेपाल २०७९ असार ११ गते ९:०२ मा प्रकाशित

पाँच दलीय सत्ता गठबन्धनको बैठकले सबै क्षेत्रमा भएको मूल्यवृद्धि तत्कालै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महँगीले नागरिक निकै समस्यामा परेको भन्दै इन्धन मात्रै नभएर बजारमा भइरहेको सबै क्षेत्रको मँहगी तत्कालै नियन्त्रण गर्न निर्देशन दिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच वटै दलका शीर्ष नेताको साथमा केहि मन्त्रालयका सचिवलाई पनि बोलाइएको थियो । बैठककै निर्देशनमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ । बैठकले इन्धनको भाउ बढ्दा बजारमा अरु सामानको भाउ बढ्ने तर इन्धनको भाउ घट्दा अरु सामानको भाउ नघट्ने विकृति भइरको भन्दै तत्कालै अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवाले इन्धनको भाउ घटेपछि अरु वस्तुको भाउ पनि स्वभाविक रुपमा घट्नुपर्ने भन्दै यसको कडा निगरानी गर्न निर्देशन दिनुभएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू