अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिकाले विद्यालय जान पाएनन् : संयुक्त राष्ट्रसंघ

बिआरटीनेपाल २०७९ असार ११ गते ९:०० मा प्रकाशित

अहिले विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यही हप्ता प्रकाशन गरेको प्रतिवेदनमा दीर्घकालीन द्वन्द्व, आपतकालीन परिस्थिति, खडेरी, गरिबी लगायतका कारण २२ करोड २० जना बालबालिका विद्यालय जान नपाएका उल्लेख छ ।

यस अघि सन् २०१६ मा विद्यालय उमेर भएर पनि विद्यालय जान नपाएकाहरुको संख्या सात करोड ५० लाख थियो । विद्यालय जान नपाएका बालबालिकाको ५४ प्रतिशत बालिकाहरु रहेका छन् । विद्यालय जान नपाउनेमध्ये १७ प्रतिशत विस्थापित भएका कारण विद्यालय जान नपाएका हुन् ।

संयुक्त राष्ट्र संघको विश्वव्यापी शिक्षा कोष (इसीडब्लु) को प्रतिवेदनमा सशस्त्र द्वन्द्व र जबर्जस्ती विस्थापनपछि जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप तथा दीर्घकालीन संकटले बालबालिका विद्यालय जानबाट वञ्चित रहेको देखाएको छ । विद्यालय जान नपाउने बालबालिकाको झण्डै दुई तिहाई संख्या अफगानिस्तान, कंगो, इथियोपिया, माली, नाइजेरिया, सोमालिया, दक्षिण सुडान, सुडान, पाकिस्तान, यमन लगायत द्वन्द्व ग्रस्त दशेका रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू