अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण

बिआरटीनेपाल २०७९ असार ८ गते १२:५९ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घले आज सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०.४८ (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) को चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक गैरआवसीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।

सङ्घका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनु भएको थियो ।

यसरी नै डा. महावीर पुनले सङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिनुभयो । त्यस्तै गैर आवासीय नेपाली सङ्घले पनि आविष्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान् व्यक्तिहरूलाई प्लेटफर्म दिन सक्ने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताज्यूहरूबाट प्रतिबद्धता गरिएको रकम मध्ये सङ्घको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनु भयो । त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै सङ्घले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यस कार्यक्रमको सञ्चालन गैर आवासीय नेपाली सङ्घ युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न मुलुकबाट आउनु भएका आइसिसी तथा एनसिसिका प्रतिनिधिहरू, गैर आवासीय नेपालीहरू लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू