अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार जना नाघ्यो

बिआरटीनेपाल २०७९ असार ८ गते ८:४३ मा प्रकाशित

अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ । भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटरभन्दा धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू