अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

अन्तर्राष्ट्रिय क्रिकेटर महासंघको अध्यक्षमा लिसा स्थालेकर नियुक्त

बिआरटीनेपाल २०७९ असार ८ गते ८:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेटर महासंघ ९फिका० को अध्यक्षमा अस्ट्रेलियाकी पूर्व महिला क्रिकेटर लिसा स्थालेकर नियुक्त हुनुभएको छ ।स्वीट्जरल्याण्डको नियोनमा बसेको फिका कार्यकारी समितिको बैठकले ४२ वर्षीय स्थालेकरको नाम अनुमोदन गरेको हो ।

लिसा फिकाको पहिलो महिला अध्यक्ष हुन् । लिसाभन्दा अगाडि दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान ब्यारी रिचर्ड्स, वेस्ट इन्डिजका पूर्वअलराउन्डर जिमी एडम्स र इङ्ल्यान्डका पूर्वब्याट्सम्यान विक्रम सोलंकीले यो पद सम्हालिसकेकी छन् ।

अध्यक्ष बनेपछि लिसाले खुशी व्यक्त गर्दै क्रिकेट खेल नयाँ युगमा प्रवेश गरिरहेको प्रतिक्रिया दिएकी छिन् । लिसाले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा अस्ट्रेलियाका लागि १८७ खेल खेलेकी छन् । उनी एकदिवसीय क्रिकेटमा हजार रन बनाउने र सय विकेट लिने पहिलो महिला क्रिकेटर थिइन् ।

प्रतिक्रिया