अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित

बिआरटीनेपाल २०७९ असार ७ गते ७:०० मा प्रकाशित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा आज भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

हारसँगै नेपाल समूह उपविजेता बनेको छ । हङकङ भने समूह बी को विजेता बनेको छ । एक खेल खेल्न बाँकी रहेको हङकङ ३ खेलमा ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेको हो । नेपाल भने ४ खेलमा ६ अङ्क जोडेर समूहको दोस्रो स्थानमा छ । नेपालले सेमिफाइनमा अब समूह ए को विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया