अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 23:48

ताप्के तात्दैछ

युवराज मैनाली २०७९ असार ६ गते २२:१० मा प्रकाशित

ताप्के तात्या तात्यै छ, तर ताप्केमा पकाउने के ? यो निर्णयमा भोकाहरू अलमलमा छन् । यो अलमल बोलचालको ठेलमठेलबाट कहिलेकहीँ हात हालाहालजस्तो स्थितिमा पुग्दो छ तर पुग्न सकेको चाहिँ छैन, यसैमा मन अलि ठाउँमा छ । नभएको बेलामा तातो पानी त उम्ल्या छ……? भएर चामल सामल, पीठो, ढुटो, दालसाल, मकैसकै, भटमास भिटमासदेखि लिएर माछासाँछा, मासुसाँसु, तरकारी सरकारीदेखि लिएर तिहुनभुटुनदेखि लिएर रोटीसोटीदेखि अचारसचारका मुलासुला, गुन्द्रुकसुन्द्रुक, कोइरालोसोइरालो आदि इत्यादि सप्पै काँचाको काँचै पण्डितका पुराणमा लठ्ठिएका भक्त नेताका भाषणमा झुम्मिएका श्रोता कार्यकर्ता काला बजारिया र भ्रष्टाचारीका सेफमाझैं क्याँटका क्याँट चाङ्का चाङ त्यसै तह लागेर रह्या रह्यै छन् । भनिन्थे भोकालाई जतिसुकै भन्दै गरुन् यो कली धपक्कै बली भनुन् अथवा प्रत्येक कुरा नियमवद्ध क्रमवद्ध अर्थात् सिष्टमेटिक ढाँचाको टाँचामा कलापूर्ण जीवन खानु, हिड्नु, बोल्नु आदि सबका सब आधुनिकीकरण अर्थात् मोर्डनाइजेशनको राजमार्ग अर्थात् हाइवेमा द्रूतगति अर्थात् स्पीडमा छौँ । मर्यादा अनुशीलन परिपालन जम्मै पुराणका पानामा संस्कृति आफ्नोपन जम्मै बित्तामा आफन्त जम्मै भित्तामा पराय जम्मै अँगालामा अर्थात् तिनैका अँगालोका भाकामा चटक्क भनिदिने हो भने जिउ टम्म देखाउने लुगाले आत्म जम्मै गरिदिने नागा बाबा पाराले पराधीन विना सुख नहिं शक्तिको भक्तिमा लागि जाऊँ गोसाइँ जब शक्तिको भक्तिमा लागिए स्टेमिना आफ्नो आफ्नो सभ्यताका साथ देखाउनै प¥यो, हो यही स्टामिनाको भव्य प्रदर्शन हो मात्र ताप्के तात्या तात्यै पकाउने कुरा काँचा काँचै अर्थात् जति मुख उत्तिकै मुठ्यान खानुभन्दा पाक्ने कुराको बयानको स्वादको चर्चा परिचर्चा अनि सर्वज्ञाता भनूँ या ब्रह्मज्ञानी अस्वाभाभिकमा स्वाभाविक सन्कोको रन्कोमा ‘पहिले यो पकाऊँ खाऊँ पहिले यो पकाऊँ खाऊँ मेरो डिस, यो मेरो डिस, यो को तानातानमा मात्र ताप्के तानिरहेछन् । नभएको बेलामा तातोपानी त उम्लन्थे भएसम्म भ्याकुर ठ्याकुर सिस्नो कनिका नभएपछि बेसार नूनसम्म त तुरुन्त उम्लिहाल्थे तर भएपछि……के भयो अहिले कठै !

दशक वारिपारि अगाडि र पछाडि के भएको यी खानेहरू खन्चुवा बढी भएर वा खानेकुराको पाक नमिलेर खानेहरू बिच विवाद हुनु स्वाभाभिकै छ । यी आदि इत्यादि केही पनि नभएर तर यहाँ खाने कुरा भएर पनि ताप्के तताएर पनि हरे हरे के भएको यो कोही भन्दैछन्– अहिले यो पकाउने, कोही भन्छन्– त्यो पकाउने, मेरो पकाइको कमाल हेर, मेरो पकाइको चालढाल हेर, औँला चाट्नेछौ औंला तर यहाँ खानलाई जम्मा भएका प्रत्येकलाई थाहा छ प्रत्येकले प्रत्येकको दिमाख चाटिरहेछन् भत्रे । बोल्नेहरू यसरी नानाथरी बोलेर चाटिरहेछन् नबोलेर निरपेक्ष मुखमा ताला लगाएर घरी आगोमा डढेको ताप्के खाने कुराका राशहरूमा अनि थरीथरी विवादमा चलेका मुख र हल्लिएका हातहरू हेरेर आफू नाच्न नसकेर आँखा नचाई नचाई सन्तुष्टिको टाँचा आफैंमाथि लगाएझैं गरिरहेछन् । दशकभन्दा अलि बेसी कसी वा घोटी घोटी मुखमा ताला गाला होइन कि गालामा हात लाउने । हुलहालको लाममा म पनि हुँहुँजस्तो लाग्छ । भोकाएको हुँ म पनि तृप्ति त ताप्के तातेरै मात्रै पाउने भए यो काँचो खानेकुरा ! उताबाट एनजीओ आइएनजीओ दूरदर्शन आदि इत्यादिबाट घर्षणसर्षण गरेर अलादिनबाट जीपिओ गरेर यहाँ आइपुग्ने नै थिएन बरु उतै जान्थ्यो जसरी यहाँको पानी, बिजुली, कच्चा, बच्चा, चेलीबेटी आदि इत्यादि जान्छन् र गइरहेछन् । त्यहाँबाट कठपुतली आउँछन् पहिलेदेखि धागो बाँधिएर आउने परम्परामा सञ्चार क्रान्तिको परिमाणस्वरूप रिपोर्टमा आउँछन् नै भत्र सक्दछन् । वाह ! क्या मज्जा ! ब्रह्माको सृष्टि सहअस्तित्वको असहजतामा थरीथरीको बाधा हालिदिन्छन् जस्तै बाह्र वर्षमा पोइ आयो म राँडीलाई ज्वरो आयो भनेझैं बाह्र वर्षमा आएको प्रजातन्त्र झनै हाँडी घोप्टेको हातमा परेपछि स्वतन्त्रताको देवीको ज्वाला के निहुँ पाऊँ आफ्नो कुरा नमात्रेलाई भुटेर खाऊँ भनेर क्रुजको मैनबत्ती बाल्दैछन् । आतङ्ककारीको दाह्री समात्न हिंडेको बारे विश्वशान्ति र दरिद्रतम मुलुकमा अरू दरिद्रता फैलाउन सुरक्षा परिषद् र सं रा.स.लाई ‘पुसि’ (पाल्तु कुकुर बिरालो) बनाउन बुस चिच्याउदैछन्  । कहिले भन्छन्–मेरो बालाई मार्न खोजेकोले म यसलाई लघार्दैछु । कहिले आतङ्ककारीको दाह्रीको सिन्का यसमा पनि फेला पारेको छु । यसैले तिम्रो घरबाट तिमी निस्की जाऊ । फेरि भन्छन्– विनाशकारी हतियार यसले थुपारेको छ । मसँग त बाजमात्रै छ भनेर साज बजाउन थाल्दछन् तर तिनको गिद्धे दृष्टि तेलमा सेल पकाउने चक्रवर्ती बत्रे मृगमरीचिका बोकेर यिनी पनि त ताप्के तताउँदै बसेका छन् । पशुपतिकोष पनि त ताप्के तताएरै बसेको छ । पशुपतिनाथको अगाडि बसाहाको पछाडिको कोष थिचेर के के निचोर्न खोज्दैछन् , के के झार्न खोज्दैछन् । सायद झर्छ झर्छको आसमा पछिपछि लाग्दालाग्दै नझरेर धेरैको व्यङ्ग्यात्मक हप्कीदप्कीको पराकाष्टामा यो निचोड पुग्नुभन्दा पहिले यिनले पनि ताप्के तताएरै बसेका छन् ।

अब अरू भत्रै परोइन । देशदेखि परदेशसम्म विश्व नै ताप्के तताऊ आन्दोलनमा होमिएका छन् । काँचा खानेकुरा भैंको भैंमै छाडेका छन् । कुत्रि अब कुन मुसो ढाडिने हो ? कुन बिरालो बाघ बत्रेछ ? र ताप्के तात्दैरहनेछन् । ताप्केमा पकाउने डिसबारे आपस आपसमा तर्क राख्दा राख्दै आफू नै यहाँबाट तर्केर जानेछन् र भोक भोकै गएका हुनाले अतृप्त आत्माको भएर ब्रह्माण्ड चहार्नेछन् । यसरी चहार्नेमध्येमा म पनि हुनेछु । त्यहाँ पनि म त अदनाको अदना नै रहने हुँ । कुशल गृहिणीले लुगा निचोरेझैं निचोरिएकै हुनेछु । पुजारीको चन्दन कृपा औंलाले हत्केला झन्काउने गरी पोतिदिने छन् । व्यापारीको मुख हेरेर बेसाहा कित्र सक्दैनौं भनिदिने छन् । नेताले गोटी बनाएर खेल्दा खेल्दै आफूलाई मोटोघाटो कार महलको रखवाला यो विचरालाई फुटपाथमै फ्याँकिदिने छ र बुस बाबुले पाए जुस बनाएर मेरो शान्ति, मेरो भोकमात्रै होइन पाए मलाई समेत पिसेर स्वचुस्की लिदै पिइदिनेछन् । आखिर ताप्के न हो तात्या तात्यै छ ।