अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा भोलि हुने

बिआरटीनेपाल २०७९ असार ५ गते ७:४६ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा भोलि (साेमबार) हुने भएकाे छ । साेमबारको साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा रहेका छन् ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएकाे छ । उहाँलाई हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले प्यानलसहित टक्कर दिइरहनुभएकाे छ । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि एन्फा अध्यक्षको लागि उम्मेदवारी दिनुभएकाे छ ।

एन्फा कार्यसमितिको लागि कुल ५४ जनाले उम्मेदवारी दर्ता गराएकोमा २ जनाको उम्मेदवारी भने रद्द भएको छ । एन्फाको २१ सदस्यीय कार्यसमितिको लागि ८४ जना मतदाता कायम भएको छ । साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ जना महिलासहित १५ सदस्य निर्वाचित गर्ने छ ।

प्रतिक्रिया