अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

राधा र कृष्णको प्रेम कथा भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा

सुप्रिमा शर्मा २०७९ असार ३ गते ८:५२ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताएका छन् ।

गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा सङ्गीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ । किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयमकै रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । इनाक्छी इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

प्रतिक्रिया