अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

गजलकार भुपेन्द्र महतको “को छ र मेरो” गीत सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ २७ गते १९:३० मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्र तथा म्युजिक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । को छर मेरो भन्ने बोलको गीतमा लक्ष्मी र जीवनको माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने कोलोराडो निवासी गजलकार भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको सङ्गीत रहेको छ ।

गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन् । उनीहरूले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास राखे । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।

प्रतिक्रिया