अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

कोराेना महामारीका कारण सांघाई फिल्म फेस्टिभल स्थगित

बिआरटीनेपाल २०७९ जेठ २४ गते ६:२६ मा प्रकाशित

चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सांघाई फिल्म फेस्टिभल’ स्थगित भएको छ। जहिल्यै जुनको मध्यमा हुने फेस्टिभल यसपटक भने कोरोना महामारीका कारण स्थगित भएकाे हाे। महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ। आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा पनि मागेको छ।

‘यदि कोरोनाबाट केही राहत मिल्यो र सर्तअनुसार सञ्चालनका लागि अनुमति मिल्यो भने दोस्रो ६ महिनामा प्रासंगिक फिल्म समारोह र थिमवाला कार्यक्रमहरूको योजना बनाइनेछ। त्यसैअनुसार फेस्टिभलको आयोजना गरिनेछ’, आयोजकले विज्ञप्तिमार्फत् भनेको छ। जनवरी २०२० को अन्त्यदेखि जुलाई २०२१ सम्म चीनमा कोरोना महामारीको दर उच्च थियो। यही बेला लकडाउन लागू गर्दै सबै फिल्म हल बन्द गरिएका थिए।

कोरोना संक्रमण विस्तारै घट्दै गएपछि सबै खुला गरिएको थियो। तर कोरोनाका डेल्टा भेरियन्ट आएपछि पुनः चीनमा लकडाउनको अवस्था आयो। यद्यपि १ जून २०२२ मा संघाई पुनः खोल्न अनुमति दिए पनि अहिले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नयाँ नियम लागू गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू