अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

कोलोराडोमा नेपाली भाषा पाठशालाको शुभारम्भ

बिआरटीनेपाल २०७९ जेठ २३ गते ९:५२ मा प्रकाशित

कोलोराडोको नर्थग्लेनमा नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा सिकाउने उद्देश्यका साथ कोलोराडोमा रहेका सात नेपाली संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएन कोलोराडो च्याप्टर, कोलोराडो नेवा: खल:, सिस्टर्स ग्रुप अफ कोलोराडो र ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरले संयुक्त रूपमा नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याएका छन् ।

उक्त पाठशालाको शुभारम्भ शनिवार एक कार्यक्रमको बिच बालबालिकाहरूको हातबाट रिबन काटेर गरिएको थियो । कार्यक्रमको पहिलो भागमा पाठशालामा पढ्न चाहने विद्यार्थीहरूलाई भर्ना लिने कार्य गरिएको थियो । यसै गरी कार्यक्रमको दोस्रो सत्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाले पाठशाला सञ्चालनको विविध पक्षबारे प्रकाश पार्नुको साथै पाठशाला सञ्चालक समिति र शिक्षकहरूको परिचय गराउनुभएको थियो ।

तत्पश्चात् पाठशालाका शिक्षकहरू धन पौडेल, प्रतिभा शर्मा र हरिभक्त आचार्यलाई त्यहाँ उपस्थित अभिभाकहरुलाई भाषा शिक्षणको विभिन्न पक्षहरूको बारेमा बुझाउनुभएको थियो । कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू