अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

गाराचा किरातको “घर फर्क साथी हो” सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ २२ गते १६:२० मा प्रकाशित

शान्तिराज राई, न्यु योर्क

गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो “आमा पदम कुमारी चाम्लिंग फ्लिमस” मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैली बाबजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपाली गीत सङ्गीतको टेवा स्वरूप नेपाली गीत सङ्गीत कोसेली सार्वजनिक गर्दै आएका छन् । यही क्रममा आफ्नो स्वदेशको माया हुँदाहुँदै आफ्नो परिवार, प्रेमी, प्रेमिका छाडेर बिदेसिनुको पिडालाई गीतको माध्यमाबाट उजागर गर्न खोजेका छन् । उनले गीत मार्फत बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन ॥

अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यस्त गाराचाको यही फ्राइडे “घर फर्क साथी हो” बोलको गीत सार्वजनिक भएको हो ।

“घर फर्क साथी हो” गायक देवेश राई र आशिष् ताम्राकारको स्वर सँगै आशिष् ताम्रकारकै सङ्गीतमा तयार गरिएको उक्त गीतको यारेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेको छ ।

यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाङ्कन , भरत रेग्मीको सम्पादन , यस गीतकै गीतकार गणेश राई “गाराचा किरात”को निर्देशन रहेको छ।गीतको भिडियोमा गाराचा किरात, रोशन राई, सौरभ राई, अनुशा जिरेल लगायतको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया