अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि

बिआरटीनेपाल २०७९ जेठ २१ गते १७:५५ मा प्रकाशित

सान फ्रान्सिस्को । लामो समयदेखि रियल स्टेट व्यवसायमा संलग्न नेपाली युवा व्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिङ्कन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन् । व्यवसायी अर्यालले नेपाली समुदायमा रियल स्टेट व्यवसाय मार्फत नेपाली समुदायमा पुर्‍याएको योगदान र सहयोगको कदर स्वरूप सो पिएचडी उपाधि दिइएको युनिभर्सिटीले जनाएको छ । हरेक विधामा उत्कट योगदान पुर्याउनेहरुलाई सो युनिभर्सिटीले पिएचडीको उपाधि प्रदान गर्दै आएको छ ।

बिजनेस एडमिनिष्ट्रेशनमा मानार्थ पिएचडी उपाधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको “टप फाइप प्रतिशत”मा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिङ्कन युनिभर्सिटीले उनलाई विद्यावारिधिको लागि छनौट गरेको थियो ।

पिएचडी उपाधि पाउनु गौरवको विषय भएको बताउँदै व्यवसायी अर्यालले आफूलाई यसबाट थप उत्साह र प्रेरणा मिलेको बताए । यो मेरो व्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्रेरणा मिलेको छ, अर्यालले भने । युनिभर्सिटी अफ स्यानफ्रान्सिस्कोका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यवसायीलाई युनिभर्सिटीले डक्टरेट डिग्री प्रदान गर्नु व्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसी र गौरवको विषय भएको बताए ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया आएका थिए । उनले त्यहाँको माउन्टेन युनिभर्सिटी र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र बिजनेस एडमिनिष्ट्रेशनको अध्ययन पुरा गरेका गरेका थिए । सन् २०१६ देखि रियल स्टेट व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरूबिच लोकप्रिय युवा व्यवसायीको रूपमा परिचित छन् । उत्कट व्यवसायी भएबापत उनलाई सन् २०२१ मा इष्ट बे एसोसिएसन अफ रियल्टर्सले गोल्ड क्लब अवार्ड र सन् २०१८ २०२० टप प्रोड्युसर अवार्डबाट पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि रियल स्टेट ब्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया