अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

थानेश्वरको स्वर, रमेशको शब्दमा ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७९ जेठ १६ गते १७:१३ मा प्रकाशित

काठमाडौँ । गायक थानेश्वर गौतमको सुमधुर स्वर, सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । गीतमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि  बाच्न सक्छु भन्ने भावना प्रेमीले व्यक्त गरेका छन् ।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन् । राम केसीले छायाङ्कन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ।  भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो लिंक:

प्रतिक्रिया