अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

मीस न्युटाउन फेष्टिभलमा पब्लीक च्वाइश एवार्ड सरुजा केसीलाई

बिजय थापा २०७९ जेठ १४ गते १४:४४ मा प्रकाशित

मीस न्युटाउन फेष्टिभल २०२२ को पब्लीक चोइस तर्फको क्राउन पहिलोपटक एक मात्र नेपाली सहभागी कन्टेस्टेन्ट नम्बर २ सरुजा केसीले जितेकी छन ।

अमेरिकाको भर्जिनियामा आयोजित मीस न्युटाउन फेस्टिभल २०२२ बिहीबार साँझ सम्पन्न भएको छ । भजिनियाको स्टीमन सीटीमा आयोजित उक्त कार्यक्रममा एक बर्ष उमेर समुह देखी ४० वर्ष उमेर समुह सम्मका कन्टेण्टेण्टले भाग लिएका थिए ।

जम्मा ६२ जना सहभागी प्रतिस्पर्धी रहेको मीस न्युटाउन फेष्टिभलमा एक मात्र नेपाली ९ वर्षीय सरुजा केसीले पब्लीक च्वाइश एवार्ड जित्न सफल भएकी हुन । उनले उक्त कार्यक्रममा क्राउन र मेडल जितेकी हुन सरुजा कक्षा ४ मा अध्ययनरत छिन उनी ४ बर्ष अघी मात्रै अमेरिका आएकी हुन ।

नेपाली र अंग्रेजी दुबै भाषामा राम्रो दखल भएकी उनी कार्यक्रमका दिन शेपी जातीको साँस्कृतिक भेषभूषा बख्खु लगाएर प्रस्तुत भएकी थिइन । क्याटवाक गर्दै सबै जज र दर्शकलाई दुइ हात जोडी अभिवादन गर्दै आफ्नो प्रस्तुती दिएकी थिइन उनी नेपालका चर्चित टेलीभीजन रेडियो प्रस्तोता एवं कलाकार सरोज केसीकी छोरी हुन ।

सरुजालाई नेपाली भेषभुषामा तयार पार्दै क्याटवाक सिकाउने काम चाहीं उनकी आमा पूर्व मिस टुरीजम पीस नेपाल २०११ की बिजेता रुषा केसीले गरेको थिएन ।

सम्बन्धित सामग्रीहरू