अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

कोलोराडोमा प्रकाश सपुत साङ्गीतिक साँझ कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ जेठ १४ गते ८:४५ मा प्रकाशित

कोलोराडो । गायक प्रकाश सपुतको गत मे १४ मा कोलोराडोमा कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको विभिन्न सहरमा साङ्गीतिक कार्यक्रम दिने उद्धेश्यले अमेरिका आएका गायक सपुतले शनिवार मे महिनाको १४ तारिखमा डेनभर सहरको साउथ हाईस्कूलमा आफ्नो प्रस्तुति दिएका थिए । हाल उनी नेपाल फर्किसकेकोको जानकारी शैलेश श्रेष्ठले आफ्नो फेसबुक मार्फत दिएका छन् । उनले बहुचर्चित गीत पिरबाट सुरु गरेका गलबन्दी, मायाका कुराले, कुरा बुझ्नु पर्छ जस्ता गीतहरू गाएर सबै उमेरका श्रोता दर्शकलाई नचाएका थिए ।

करिब छ सय दर्शकको बिचमा भएको उक्त कार्यक्रममा सिस्टर ग्रुप समूह कोलोराडोको आयोजनामा सञ्चालन भएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरू महादेव त्रिपाठी, सम्झना पाण्डे, वसन्त लम्साल, दीपक गौतम, मनोजकाजी तुलाधर, रुपेश न्यौपाने, प्रकाश पौडेल लगायतका कलाकारहरूले विभिन्न सुमधुर गीत सुनाएका थिए । त्यसै गरी दिया ढकाल, ऐश्वर्या तिवारी र परी चौलागाई लगायतका बाल कलाकारहरूले नेपाली लोक सङ्गीतमा नृत्य प्रस्तुत गरेका थिए भने महादेव त्रिपाठीले जादु पनि देखाएका थिए ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुरु गरिएको कार्यक्रममा दिदी बहिनी समूहका सांस्कृतिक समितिका संयोजक शान्ति भुसालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन भने कार्यक्रम किरण अधिकारी र यमुना केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा कलाकार तथा प्रायोजकहरू सबैलाई दिदी बहिनी समूहका सदस्यहरूले खादा लगाइदिई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा दिदी बहिनी समूहका संयोजक धन पौडेलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने दिदी बहिनी, कलाकार, सबै स्पन्सरहरू तथा कार्यक्रममा सहभागीहरू सबैलाई धन्यवाद दिएकी थिइन ।

फोटो: सम्झना पाण्डेको फेसबुकबाट

प्रतिक्रिया