अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

प्रतिमा र वीरेन्द्रको स्वरमा मुटुको कप्टेरो

महेश कार्की २०७९ जेठ १४ गते ७:५० मा प्रकाशित

गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याएकी छिन्। आहा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र चन्द ‘बेहोसी’ले साथ दिएका छन् । मुटुको कप्टेरो विष्णु भट्टले लेखेका हुन् भने सङ्गीत पनि उनकै रहेको छ। ओम सुनारले एरेन्ज गरेको गीतमा विशाल निरौलाले मिक्सिङ र मास्टिरिङ गरेका छन् ।

ऋषि बरालले निर्देशन गरेको गीत भिडियोमा जीवी चिरण, कृतिका केसी र रुवि श्रेष्ठले अभिनय गरेका छन्। दीपक गिरीले खिचेको भिडियो आयुष्मान् सापकोटाले सम्पादन गरेका हुन् । गायिका केसीले यसअघि भन्देऊ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीत ल्याइसकेकी छिन् भने ‘रिमझिम, राधा प्यारी, लजाएर लुकी लुकी’ गीत उनी बजारमा ल्याउने तयारीमा छिन्।

प्रतिक्रिया