अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

उदय सोताङको सङ्गीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ १४ गते ७:४३ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय पुराना गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्द तथा सुमधुर स्वरका धनी उदय सोताङको स्वर तथा सङ्गीतमा रहेको गीत ‘कहाँ बित्छ र जिन्दगी त्यति सहजै’ सार्वजनिक भएको छ।

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुङ्गेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बाल कलाकार सार्थ पण्डितको अभिनय छ। भिडियोमा गीतकार शेखर पनि आफैँ फिचार्ड भएका छन् ।

प्रस्तुत गीतमा उदय सोताङकै सङ्गीत रहेको छ । सचिन सिंहको सङ्गीत संयोजन तथा मित्र लामाको मिक्सिङ्ग रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन नव ढुङ्गेलले गरेका हुन् भने छायाङ्कन अमृत सुनुवार र सम्पादन माधव बेलबासेले गरेका छन् । आर्टिस्ट नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू