अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

जित–हारलाई मतगणना सकिएसँगै सकिदिऔँ- वालेन्द्र साह

बिआरटीनेपाल २०७९ जेठ ११ गते ८:०५ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन)ले घोषणापत्रमा भएका कुरा लागू गर्न सके मात्र विजय उत्सव मनाइने बताउनुभएको छ । काठमाडौंको मेयरमा जित सुनिश्चित भएसँगै बालेनले जित र हारको कुरा मतगणना सकिएसँगै छाड्नुपर्ने बताउनुभएको हो ।

बुधबार बिहान उनले फेसबुक पेजमा लेख्नुभएको छ, ’जित–हारलाई मतगणना सकिएसँगै सकिदिऔँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

काठमाडौं महानगरको जिम्मेवारी बोक्न आफूहरू योग्य भएको कुरा मतदाताको विश्वासले पनि पुष्टि भएको उहाँले बताउनुभयो । शाहले भन्नुभएको छ, ’स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’

चुनावपछि सबैसँग सहकार्य गरिने पनि उहाँले बताउनुभयो । शाहले आफूहरूको अभियानलाई देशव्यापी बनाउन पनि आवश्यक भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू