अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:५८ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाएको छ ।बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको तलब बढाएको हो ।

बढेको तलब २०२२ अप्रिल १ गतेबाट लागु हुने क्यानले जनाएको छ । क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाएको छ । त्यस्तै महिलातर्फ क्यानले सी ग्रेडमा रहने खेलाडीको ५ हजार, ए र बी ग्रेडमा रहने खेलाडीको ६ हजारको दरले बढाएको छ ।

क्याननले मैदानका सम्पूर्ण कर्माचारीहरुको तलब ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारको दरले बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू