अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

देशभर थप ५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:५६ मा प्रकाशित

नेपालमा थप ५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ७ सय १७ कोरोना परीक्षण गर्दा जम्मा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जसमा १ हजार ८ सय ८९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ र ८ सय २८ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ जना स्वस्थ भएका छन् ।

योसँगै कोरोनाबाट सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ११ पुगेको छ । गत २४ घन्टामा ४७ हजार ९ सय ७९ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २८ रहेको छ । गत २४ घन्टामा देशभर कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू